Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

प्रदेशसभा छैटौं अधिवेशनको पहिलो बैठक आज, यस्तो छ कार्यसूची

प्रदेशसभा छैटौं अधिवेशनको पहिलो बैठक आज, यस्तो छ कार्यसूची

  • 3.8K
    SHARES

  • प्रदेशसभा छैटौं अधिवेशनको पहिलो बैठक आज, यस्तो छ कार्यसूची

    जनकपुरधाम। प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पांचौं अधिवेशन अन्त्य गरेपछि आज बजेट अधिवेशन आह्वान गरिएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डा राजेश  अहिराजले आजका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन् । प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८÷०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ ।

    प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८÷०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ । सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ ।

    प्रदेशसभामा प्रदेश प्रमुख डा अहिराजले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ ।

    सम्बन्धित समाचार