Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेलाई जेठ ३ मै लैजान ओली तयार, माधव नेपाल पक्षले सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता गर्ला ?


    आइतबार, जेष्ठ २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ ३ मै फर्काउन तयार भएका छन् । उनले आज साँझ पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् ।  ओलीले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन आफू तयार रहेको बताएका छन् ।

    ओलीले एमालेका कमिटीहरु जेठ ३ कै अवस्थामा फर्काउन तयार भएको र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै बरिष्ठ नेता माधव नेपालसहितका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।

    ओलीको प्रस्तावपछि माधव नेपाल पक्षलाई नैतिक संकट परेको छ । त्यसो त माधव नेपाल पक्षले सर्वोच्च अदालतको फैसलासम्म नयाँ पार्टी गठन नगर्ने निर्णय गरिसकेको छ ।

    1.jpg

    2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार