Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने २ जना शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने २ जना शिक्षक पक्राउ

  • 4.4K
    SHARES

  • विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने २ जना शिक्षक पक्राउ

    भक्तपुर। आफ्नै विद्यार्थीलाई यौन दुव्र्यपवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुव्र्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

    घरमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाई यौन दुव्र्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

    ती बालिकालाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुव्र्यवहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो  ।

    सम्बन्धित समाचार