Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

सेयर बजारमा ऐतिहासिक रेकर्ड, करिब १७ अर्बको सेयर कारोबार

सेयर बजारमा ऐतिहासिक रेकर्ड, करिब १७ अर्बको सेयर कारोबार

images

नेपाल फेस

जेठ २०, २०७८ बिहीबार
  • 26.4K
    SHARES

  • सेयर बजारमा ऐतिहासिक रेकर्ड, करिब १७ अर्बको सेयर कारोबार

    काठमाडौं । बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

    images

    आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

    आइतबारको रेकर्ड तोड्दै नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

    सम्बन्धित समाचार