Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

दरबार हत्याकाण्ड : २० औँ बर्षसम्म पनि सत्यता भने रहस्यमय !

दरबार हत्याकाण्ड : २० औँ बर्षसम्म पनि सत्यता भने रहस्यमय !

नेपाल फेस

जेठ १९, २०७८ बुधबार
  • 4.0K
    SHARES

  • दरबार हत्याकाण्ड : २० औँ बर्षसम्म पनि सत्यता भने रहस्यमय !

    काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । आजभन्दा ठीक २० बर्ष अघि २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी हत्याकाण्ड भएको थियो। 

    पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या गरिएको थियो। 

    यद्यपि उक्त घटना भएको २० वर्षसम्म पनि सत्यता भने रहस्यकै गर्भमा छ।

    हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

    सम्बन्धित समाचार