Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिले पत्राचार गर्दै खोप माग्दा संविधानको उल्लंघन भएकाे भीम रावलकाे टिप्पणी


    सोमबार, जेष्ठ १७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष डा भीम रावलले राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप माग्दै पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको टिप्पणी गरेका छन् ।

    नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप माग्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् ।

    सोमबार   सामाजिक सञ्‍जाल ट्विटरमार्फत् उनले प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भनी प्रश्न उठाएका छन् ।

    केही दिनयता राष्ट्रपति भण्डारीले खोप उत्पादक विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई खोप सहजीकरणको आग्रह गर्दै पत्राचार गरेकी छन् ।

    ट्वीटरमा उनले लेखेका छन्, ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो? भन्ने गम्भीर प्रश्न उठ्छ।’

    — Dr. Bhim Rawal (@BhimRawal179) May 31, 2021

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार