Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

कोरोना कहरमा दुई निजामती कर्मचारीले गरे सगरमाथा आरोहण

कोरोना कहरमा दुई निजामती कर्मचारीले गरे सगरमाथा आरोहण

  • 13.1K
    SHARES

  • कोरोना कहरमा दुई निजामती कर्मचारीले गरे सगरमाथा आरोहण

    काठमाडौं । कोरोना महामारीका बीचमा दुई निजामती कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । नापी विभाग अन्तर्गत कार्यरत सर्भेयर युवराज धिताल आज बिहान ८.३० बजे सगरमाथाको आरोहण गर्न सफल भएका छन् । रुकुमका धितालले कोरोना कहरका बीचमा पनि सर्वोच्च शिखरमा पाइला राखेका हुन् ।

    त्यसैगरी जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत नायब सुब्बा बमकाजी श्रीपालीले पनि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल भएका छन् । उनले २०७८ बैशाख १२ मा सगरमाथा आरोहण गरेका थिए । श्रीपाली पनि रुकुमकै हुन् ।  

    निजामती कर्मचारीहरुले विगत केही बर्षयता सगरमाथा आरोहण गर्दैआएका छन् । २ बर्षअघि निजामती कर्मचारीले नै सगरमाथाको मापन गरेका थिए । 

    सम्बन्धित समाचार