Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै लिएको शपथविरूद्ध सर्वोच्चमा रिट दर्ता, मंगलबार सुनुवाइ


    सोमबार, जेष्ठ ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ कानुनविपरीत भएकाे भन्दै ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सोमबार सर्वोच्चमा दर्ता भएको छ ।

    वरिष्ठ अधिवक्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै हालेकाे रिट उपर मंगलबार सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए।

    प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन्। 

    प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरको रिट निवेदकले जिकिर गरेका छन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार