Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

ओलीको अर्को ब्रम्हास्त्र, संसद अधिवेशन अन्त्य

ओलीको अर्को ब्रम्हास्त्र, संसद अधिवेशन अन्त्य

  • 1.3K
    SHARES

  • ओलीको अर्को ब्रम्हास्त्र, संसद अधिवेशन अन्त्य

    काठमाडौं । कामचलाउ बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

    सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारि गरेकाे हाे ।

    विश्वासको मत नपाएसँगै सरकार कामचलाउ बनिसकेको छ भने तीन दलको नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई आग्रह गरिसकेको छ ।

    मन्त्रिपरिषदको बैठकको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास गएका छन् ।

    यसअघि वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गरेकी थिइन् ।

    संसदको बहुमत सदस्यको समर्थन पाउन नसकेका कारण प्रधानमन्त्री ओली सोमबार नै पदमुक्त भएका छन् ।

    सम्बन्धित समाचार