Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्ने तयारी

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्ने तयारी

  • 3.8K
    SHARES

  • उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्ने तयारी

    काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ ।

    काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक भोलि बैठक बसेर त्यसबारे औपचारिक निर्णय गर्ने छन् ।

    उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।

    कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।

     
     

    सम्बन्धित समाचार