Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

पूर्वआईजीपी सर्वेन्द्र खनाललाई अख्तियारको आयुक्तमा नियुक्ति गर्दै ओली

पूर्वआईजीपी सर्वेन्द्र खनाललाई अख्तियारको आयुक्तमा नियुक्ति गर्दै ओली

  • 150.3K
    SHARES

  • पूर्वआईजीपी सर्वेन्द्र खनाललाई अख्तियारको आयुक्तमा नियुक्ति  गर्दै ओली

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रहरी (आईजीपी) महानिरीक्षक सर्वेन्द्र खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस गर्ने तयारी गरेका छन्। 

    आज बेलुका बस्ने संवैधानिक परिषदको बैठकमा पूर्वआइजीपी खनाललाई अख्तियारको आयुक्तमा प्रधानमन्त्री ओलीले सिफारिस गर्ने उनीनिकट स्रोतले बताएको छ। हाल आयोगमा २ आयुक्त पद रिक्त छ।  

    गत बर्ष पूर्वआईजीपी खनाल, सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ 'किसान' र नबिन बस्नेतसहितले  तत्कालीन समाजवादी नेपालका सांसद डा.  सुरेन्द्र यादवलाई 'अपहरण' गरेर काठमाडौँ ल्याएको आरोप लागेको थियो। 

    प्रधानमन्त्री ओलीले भोलि सोमबार संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत प्राप्त गर्न नसकेमा उनको सरकार ढल्ने छ। यदि उनको सरकार ढलेमा उनले लोकसेवा आयोग र अख्तियारमा गरेको नियुक्ति सिफारिस पनि अलपत्र पर्ने देखिन्छ। 

    सम्बन्धित समाचार