Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

नेपाल समूहका २१ सांसदले राजीनामा दिने तयारी, ओलीको विश्वासको मत धरापमा

नेपाल समूहका २१ सांसदले राजीनामा दिने तयारी, ओलीको विश्वासको मत धरापमा

  • 1.1K
    SHARES

  • नेपाल समूहका २१ सांसदले राजीनामा दिने तयारी, ओलीको विश्वासको मत धरापमा

    काठमाडौं। नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेका छन् ।

    नेपाल समूहले राजीनामाको गर्न लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको बालुवाटार स्रोतले पुष्टि गरेको छ ।

     स्रोतका अनुसार राजीनामा दिनलागेका सांसदहरु सबै माधव नेपाल र झलनाथ खनालसँग निकट हुन् ।

    प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमालेको हाल १२१ प्रतिनिधि सभा सदस्य संख्या छन् । नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचितले राजीनामा दिएमा १०० मात्र बाँकी रहन्छ । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्रायः हुन्छ ।

    काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष मिलेर बहुमतको सरकार गठनको सम्भावना बलियो हुन्छ । जसका कारण ओली पदबाट हट्ने परिस्थिति निर्माण हुनसक्छ ।

    मंगलवार, बैशाख २१ २०७८०२:१०:०८
    सम्बन्धित समाचार