Logo
  • सोमवार, बैशाख २७ २०७८May 10 2021

अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

  • 658
    SHARES

  • अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

    काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दाहालको फिर्ता बोलाउने निर्णय गरेको हो।

    अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए ।

    सन् २०१९ मा नेपालका लागि अस्ट्रेलियाकी राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि शेर्पालाई फिर्ता बोलाएर तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष तथा हाल माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को सिफारिसमा दाहाललाई राजदूत बनाइएको थियो ।

    मंगलवार, बैशाख २१ २०७८०१:३७:०६

    नेपाल फेस

    सम्बन्धित समाचार