Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

शव वाहन र एम्बुलेन्स चाहिए यी नम्बरमा फोन गर्नुस्

शव वाहन र एम्बुलेन्स चाहिए यी नम्बरमा फोन गर्नुस्

  • 946
    SHARES

  • शव वाहन र एम्बुलेन्स चाहिए यी नम्बरमा फोन गर्नुस्

    काठमाडौं । विश्‍वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण र मृत्‍युदर बढ्‍दै गएपछि कोभिड–१९ संकट व्‍यवस्थापन  छाउनी केन्द्रले एम्बुलेन्स र शव बाहनका लागि हटलाइन सेवा सुरु गरेको छ ।

    केन्द्रका अनुसार एम्बुलेन्सको लागि १०२ र शव व्‍यवस्थापनको लागि ११४० नम्बरमा सम्पर्क गर्न सकिने छ । शव व्‍यवस्थापनमा खटिएका टीमको बारेमा जानकारी लिनुपरेमा १०५ मा सम्पर्क गर्न सकिने छ ।

    शव व्‍यवस्थापनका लागि डेथ सर्टिफिकेट र कोभिड १९ पोजेटिभ रिपोर्ट [email protected] मा इमेल गर्नुपर्ने छ ।

    अस्पतालमा मृत्‍यु भएकाको हकमा सम्बन्धित अस्पतालले सीसीएमसीलाई शव व्‍यवस्थापनको लागि अनुरोध गरेको पत्र र होम आइसोलेसनमा मृत्‍यु हुनेको हकमा स्थानीय पालिकाको सीसीएमसीलाई शव व्‍यवस्थापन लागि अनुरोध गरेको पत्र हुनु पर्ने केन्द्रले जनाएको छ ।

    काठमाडौं महानगरपालिकाको वेबसाइटमा राखिएको एम्बुलेन्सको रूट 

     
     

     

    मंगलवार, बैशाख २१ २०७८१२:५१:१४
    सम्बन्धित समाचार