Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

उपत्यकाका सीडीओहरुको संयुक्त बैठक बस्दै, कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय लिइने

उपत्यकाका सीडीओहरुको संयुक्त बैठक बस्दै, कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय लिइने

  • 1.7K
    SHARES

  • उपत्यकाका सीडीओहरुको संयुक्त बैठक बस्दै,  कोरोना रोकथाम तथा नियन्त्रणबारे थप  निर्णय लिइने

    काठमाडाैं । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ । 

    उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ।

    यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसर र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिनेगरी निर्णय हुने बताइएको छ ।  यी सबै विषयमा आजको बैठकले निर्णय लिने स्राेतले बताएकाे छ ।

    मंगलवार, बैशाख २१ २०७८१२:१३:०२
    सम्बन्धित समाचार