Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

प्रहरीद्वारा डीएमएस बुटका लागि तेस्रो पटक टेण्डर आह्वान, कीर्ते रिपोर्ट पेश गर्नेलाई कालोसूचीमा राखिएन

प्रहरीद्वारा डीएमएस बुटका लागि तेस्रो पटक टेण्डर आह्वान, कीर्ते रिपोर्ट पेश गर्नेलाई कालोसूचीमा राखिएन

  • 1.6K
    SHARES

  • प्रहरीद्वारा डीएमएस बुटका लागि तेस्रो पटक  टेण्डर आह्वान, कीर्ते रिपोर्ट पेश गर्नेलाई कालोसूचीमा राखिएन

    पुरुषोत्तम कँडेल, प्रेम बस्नेत र बिराट थापा 

    काठमाडौं । कीर्ते गुणस्तर रिपोर्ट पेश गर्ने डीएमएस बुट कम्पनीलाई नेपाल प्रहरीले कालोसूचीमा नराखी जोगाउँदैआएको छ । ३ महिनाअघि २०७७ माघ २९ गते नेपाल प्रहरीले गरेको २४ हजार ६ सय ४६ जोर डीएमएस बुट खरिदको टेण्डरमा भाग लिएको डीएमएस बुट कम्पनीको गुणस्तर रिपोर्ट कीर्ते भएको खुलेको थियो । डीएमएस कम्पनीले बुटको टेण्डर पारिसकेपछि उसले पेश गरेको गुणस्तर परीक्षणको रिपोर्टका बारेमा मिडियामा समाचार आएपछि छानबिन गर्दा कीर्ते भएको खुलेको थियो । डीएमएस बुट कम्पनीले भारतको चेन्नईस्थित एसजीएस कम्पनीबाट गुणस्तर परीक्षणमा पास भएको रिपोर्ट प्रहरीको प्रबन्ध निर्देशनालयमा पेस गरेको थियो ।

     विश्वका जुनसुकै गुणस्तर परीक्षण गर्ने कम्पनीले पनि प्रहरीको प्रबन्ध निर्देशनालयले बनाएको स्पेसिफिकेसन अनुसार टेष्ट रिपोर्ट दिन नसक्ने अवस्थामा डीएमएस बुट कम्पनीले कसरी दियो भन्नेबारेमा प्रश्न उठेपछि खोजीनीति गरेको थियो । खोजीनीतिका क्रममा एसजीएसबाट ल्याएको भनिएको गुणस्तर रिपोर्ट कीर्ते भएको खुलेको थियो । कीर्ते गुणस्तर रिपोर्ट कीर्ते पेस गर्ने डीएमएस बुट कम्पनीको बैंक ग्यारेन्टी बापतको रकम २०७७ फागुन १३ गते प्रहरीले जफत गरेको थियो ।

    धरौटी जफत गरिसकेपछि डीएमएस बुट कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाउनुपर्छ । तर कीर्ते रिपोर्ट पेश गरेको पुष्टि भएको करिब २ महिना बितिसक्दा पनि प्रहरीको प्रबन्ध निर्देशनालयले डीएमएस बुट कम्पनीलाई कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाएको छैन ।

    प्रबन्ध निर्देशनालयका डीआइजी पुरुषोत्तम कँडेल र एसपी प्रेम बस्नेतले आइजीपी शैलेश थापा क्षेत्रीलाई समेत डीएमएस कम्पनीलाई कालोसूचीमा राख्नका लागि पत्र पठाएको भनेर गुमराहमा पारेको श्रोत बताउछ । नेपाल प्रहरीको प्रबन्धबाट हुने खरिदमा पारदर्शिता कायम गराउन लागेका आइजीपी थापालाई कीर्ते गुणस्तर रिपोर्ट पेश गर्ने डीएएमएस बुट कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाइसकेको भनेर कँडेल र बस्नेतले गुमराहमा राखेको श्रोत बताउँछ ।  डीएमएस बुट कम्पनीलाई कालोसूचीमा राख्न प्रहरीले २०७७ फागुन १४ मै तयार गरेको पत्र २०७८ बैशाखमा समेत नपठाएको खुलेको छ ।  

    डीएमएस बुटको ठेक्का आवरणमा विराट थापाको डीएमएस बुट कम्पनीलाई दिइए पनि वास्तविक ठेकेदार राजमान मिश्र थिए । तर मिश्रले गुणस्तर रिपोर्ट कीर्ते गरेर पेश गरेको पाइएपछि आईजीपी थापाको निर्देशनमा टेण्डर रद्द गरिएको थियो ।

    यसअघि गुणस्तर रिपोर्ट कीर्ते गर्ने क्राउन टेक्सटायलका सञ्चालक पिताम्बर मुन्कालाई पक्राउ गरी २६ दिन थुनामा राखेर मुद्दा चलाएको प्रहरीले डीएमएस बुट कम्पनीका सञ्चालक विराट थापालाई पक्राउ नगरी उन्मुक्ति त दियो नै कालोसूचीमा राख्नका लागि समेत पत्र नपठाई उनको कम्पनीलाई जोगाउन खोजेका छन् । आईजीपी शैलेश थापा क्षेत्रीको निर्देशनमा मुन्कालाई सीआईबीले पक्राउ गरी २६ दिन थुनामा राखेर मुद्दा चलाएको थियो ।

    दोस्रो पटकको टेण्डर पनि रद्द

     पहिलो पटक डीएमएस बुट खरिद गर्न गरिएको टेन्डर आह्वानमा कीर्ते गुणस्तर रिपोर्ट पेश गरेकाले फेल भएको थियो । त्यो टेण्डर रद्द भएपछि पुनः गरिएको टेण्डर पनि रद्द भएको छ । दोस्रो पटकको टेण्डरमा ३ वटा कम्पनी प्लस पोइन्ट, न्यू उषा र एसियन फुटवेयर सहभागी भएका थिए । यीमध्ये प्लस पोइन्टले प्रतिजोर ३०३५ का दरले जम्मा ७ करोड ४८ लाखको बोलपत्र पेश गरेको थियो । न्यू उषाले प्रतिजोर ३१५५ का दरले ७ करोड ७८ लाखमा आपूर्ति गर्नेगरी प्रस्ताव ग¥यो । एसियन फुटवेयरले १९६५ का दरले ४ करोड ८४ लाखमा बोलपत्र पेश ग¥यो । यी तीनवटै कम्पनीले गुणस्तरको लागि राखिएको ४० प्यारामिटरको नमूना पेश नगरेको पाइएपछि पुनः रद्द भएको छ ।

     कसैको चारवटा प्यारामिटर त कसैको पाँच र कुनैको दसवटा प्यारामिटर नपुगेको प्लस पोइन्ट वा एसियन फुटवेयरमध्ये एकलाई दिनेगरी प्रबन्धका डीआईजी कँडेलले तारतम्य मिलाइसकेका थिए । तर आइजीपी थापाले टेण्डर पारदर्शी हुनुपर्छ, गुणस्तरमा सम्झौता नहुने भनेर रद्द गर्न निर्देशन दिएपछि त्यो पनि रद्द भएको छ ।

    प्लसपोइन्ट वीरेन्द्र जोशीको नाममा दर्ता भएको कम्पनी हो । प्लसपोइन्ट वीरेन्द्र जोशीको नाममा भए पनि त्यसका पछाडि श्रवण अग्रवाललगायत रहेका छन् ।

    यो बर्ष डीएमएस बुट प्रहरीले लाउन नपाउने

     नेपाल प्रहरीका लागि यो बर्ष २४ हजार ६ सय ४६ जोर डीएमएस बुट खरिद गर्नैपर्ने छ । तर दुई पटक भएको टेण्डर रद्द भएपछि तेस्रो पटक पुनः २०७८ बैशाख १० गते टेण्डर भएको छ ।  

      आर्थिक बर्ष सकिन अब २ महिना १० दिनमात्र बाँकी छ । डीएमएस बुट तयार गर्न कम्तीमा ३ महिना लाग्ने आपूर्तिकर्ताहरु बताउँछन् । कि त प्रबन्ध निर्देशनालयका हाकिमहरुले सेटिङ गरी यसअघि नै कुनै आपूर्तिकर्तासँग जुत्ता तयार गर्न लगाएको हुनुपर्छ, अन्यथा २ महिनामा डीएमएस बुट तयार गर्न सम्भव छैन ।  

    प्रहरीले बहुबर्षीय टेण्डर गरेर बुट खरिद गर्ने हो भने अर्को आर्थिक बर्षको भदौमा जुत्ता आपूर्ति गर्न आपूर्तिकर्ताले सक्नेछन्, अन्यथा चालु आर्थिक बर्षमा बुट खरिद सम्भव छैन, एक आपूर्तिकर्ताका अनुसार,, टेण्डर पाउनेले जुत्ता भारत वा चीनमा बनाउनुपर्छ, कोरोना महामारीमा २४ हजार जोर बुट तयार गर्न ३ महिनामा पनि सम्भव छैन । तसर्थ प्रहरीले बुट खरिद गर्नकै लागि टेण्डर गरेको हो भने बहुबर्षीय गर्नुपर्ने थियो । बहुबर्षीय टेण्डर नगरेकाले तेस्रो टेण्डर गरे पनि प्रहरीको बुट खरिद यो बर्ष हुन कठिन रहेको आपूर्तिकर्ता नै बताउँछन् । तेस्रो पटकको टेण्डरमा पनि दोस्रो पटक बोलपत्र पेश गर्ने ३ वटा कम्पनी प्लस पोइन्ट, न्यू उषा र एसियन फुटवेयरले नै भाग लिएका छन् ।  

    सोमबारको साँघु साप्ताहिकबाट

    मंगलवार, बैशाख २१ २०७८१०:२३:४३
    सम्बन्धित समाचार