Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

संसारकै धनी व्यक्ति बिल गेट्द्वारा पत्नीसँग सम्बन्धविच्छेद

संसारकै धनी व्यक्ति बिल गेट्द्वारा पत्नीसँग सम्बन्धविच्छेद

  • 982
    SHARES

  • संसारकै धनी व्यक्ति बिल गेट्द्वारा  पत्नीसँग सम्बन्धविच्छेद

    एजेन्सी। अमेरिकी धनाढ्य एवं माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन्। 

    बिल र मेलिन्डाले सयुक्त रुपमा सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन्।

    सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन्। बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन्। सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका छन्। 

    bill.JPG

    कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन्। फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।

     

     

    मंगलवार, बैशाख २१ २०७८०७:३१:४४
    सम्बन्धित समाचार