Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

भारतमा एकैदिन ३ लाख कोरोना संक्रमित निको भए

भारतमा एकैदिन ३ लाख कोरोना संक्रमित निको भए

  • 1.1K
    SHARES

  • भारतमा एकैदिन ३ लाख कोरोना संक्रमित निको भए

    एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा तीन लाखको संख्यामा कोरोना भाइरसका संक्रमितहरु निको भएका छन् । आइतबार मात्रै २ लाख ९९ हजार ८०० जनालाई निको भएको हो । 

    यसअघि शनिबार अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो । योसँगै अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ६२ लाख ८१ हजार ७३८ पुगेको छ ।

    त्यस्तै, आइतबार भारतमा एकैदिन संसारकै सबैभन्दा बढी ३ लाख ६९ हजार ९४२ जना संक्रमित थपिएका छन्  । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ । हाल भारतमा ३४ लाख १० हजार ४२६ जना सक्रिय संक्रमित रहेका छन् ।

    आइतबार मात्रै ३ हजार ४२१ जनाको कोरोनाबाट मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १८ हजार ९४५ रहेको छ ।

    सोमवार, बैशाख २० २०७८०८:१६:२५
    सम्बन्धित समाचार