Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

भारतीय बिधानसभा निर्बाचन : पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, मोदीको भाजपा दोस्रो स्थानमा

भारतीय बिधानसभा निर्बाचन : पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, मोदीको भाजपा दोस्रो स्थानमा

  • 1.2K
    SHARES

  • भारतीय बिधानसभा निर्बाचन : पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, मोदीको भाजपा दोस्रो स्थानमा

    एजेन्सी। भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ ।  आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ ममता बेनर्जी र उनकै दलका अर्का एक नेता बिजयी भइसकेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । 

    पश्चिम बंगालका अतिरिक्त एक केन्द्र प्रशासितसहित पाँच राज्यमा भएको विधान सभा निर्वाचनको मतगणना भइरहेको हो । नयाँ नेतृत्वका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पाँडेचरीमा निर्वाचन गरिएको थियो ।

    पश्चिम बङ्गलाको नन्दीग्राम क्षेत्रबाट करिब एक हजार २०० मत अन्तरले बनर्जीले बिजयी भएकी छिन् ।  बनर्जीको दलले बाँकी २०८ क्षेत्रमा अग्रता कायम गरेको छ भने केन्द्र सरकारको नेतृत्व गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ७९ स्थानमा अग्रता कायम गरेको छ । अरु दलको उपस्थिति नगन्य देखिएको छ । कुनै बेला राज्यको निरन्तर नेतृत्व गरेका वामपन्थी दलले जम्मा एक सीटमा अग्रता देखिएको छ । 

    पश्चिम बङ्गालमा पाँच वर्ष पहिले निकै कम सीट ल्याएको भाजपाले यसपटकको निर्वाचनमा निकै सुधार गरेको देखिएको छ । यद्यपि भाजपाले बनर्जीको दललाई पछि पार्न लगाएको परिश्रम भने निरर्थक हुने देखिएको छ । सन् २०१६ मा जम्मा तीन सिटमा समेटिएको भाजपाले ७५ सिट वरपर जित्नसक्ने देखिएको छ । 

    सोमवार, बैशाख २० २०७८०७:३८:०५
    सम्बन्धित समाचार