Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

मिडिया हाउसका पत्रकारमाथि सीसीएमसीको कैँची, सूचना विभागको कार्ड मात्रै मान्य हुने !

मिडिया हाउसका पत्रकारमाथि सीसीएमसीको कैँची, सूचना विभागको कार्ड मात्रै मान्य हुने !


मिडिया हाउसका पत्रकारमाथि सीसीएमसीको  कैँची,  सूचना विभागको कार्ड मात्रै मान्य हुने !

निर्मल बाबु लामिछाने / काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट सुनामीको तबरले यत्रतत्र महामारीको रुपमा देशैभर फैलिन थालेपछि सरकारले काठमाडौँ उपत्यकालगायत देशका २९ वटा जिल्लाहरुमा निषेधाज्ञा लागू गरेको छ। छिमेकी देश भारतकै गतिमा संक्रमण दर उच्च रहेको भन्दै गत बैशाख १६ गते राति १२ बजे देखि लागू हुनेगरि विभिन्न जिल्लाका सीडीओहरुले यस्तो निर्णय गरेका हुन्। 

तर, निषेधाज्ञामा पनि सर्वसाधारणहरु सडकमा निस्किन भने कन्जुस गरेनन्, कोही आवश्यक कामले निस्किय भने कोही व्यक्तिहरु चहलपहल बुझ्नकै निम्ति भन्दै सडकमा निस्किरहे। 

केहीदिन अगाडिको सरकारी निर्णय अनुसार यसअघि सडकमा निस्किन आफुले गर्ने कामको कागजात खुल्ने पास अर्थात् आइडी कार्ड अनिवार्य लागू गरेको थियो । यस्तै, पत्रकारहरुलाई सूचना विभागको कार्ड नभईसकेको अर्थात् बन्दै गरेको सन्दर्भमा आ फुले काम गर्ने मिडिया हाउसको समेत कार्डले समाचार संकलन गर्न निस्किन छुट दिइएको थियो।  
 
यसैबीच, प्रेस पासको दुरुपयोग बढेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै मिडिया हाउसका पत्रकारहरुमाथि कैँची लगाएको छ।  सिसीएमसीले दोस्रो भेरियन्टको नयाँ कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिएपछि पत्रकारलाई अब सूचना बिभागको पास अनिवार्य गरेको भएको बताएको छ। 

सिसीएमसीले उपत्यकाका जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा सूचना विभागको पास भएका पत्रकारलाई मात्रै लकडाउनमा बाहिर निस्कन  र उपत्यका बाहिरका जिल्लाहरुमा भने प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ ।

निषेधाज्ञामा अनुगमनमा सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा विभिन्न व्यक्तिहरु निजी संस्थाका प्रेस पास देखाउँदै विभिन्न बहानामा बाहिर हिडेको पाइएको र लकडाउनमा प्रेस ज्याकेटको दुरुपयोग हुँदै आएको भन्दै पास र ज्याकेटको दुरुपयोग नहोस भनेर हिजोबाट यस्तो निर्णय लागू भएको प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन्।

आइतवार, बैशाख १९ २०७८०९:३७:२२
सम्बन्धित समाचार