Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

शुक्रबारदेखि पशुपति मन्दिरमा पूजाआजा गर्न रोक

शुक्रबारदेखि पशुपति मन्दिरमा पूजाआजा गर्न रोक

  • 4.3K
    SHARES

  • शुक्रबारदेखि पशुपति मन्दिरमा पूजाआजा गर्न रोक

    काठमाडौं । कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै पशुपति मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ।

    शुक्रबारदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न पाउने छैनन्।

    पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गरेर पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जनाएका छन्।

    ‘पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ।

     

    बिहिवार, बैशाख ९ २०७८०५:३७:४१
    सम्बन्धित समाचार