Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

बालुवाटार र धुम्बाराहीमा नमिलेको सहमतिलाई म्यारियटले मिलाउला त ?

बालुवाटार र धुम्बाराहीमा नमिलेको सहमतिलाई म्यारियटले मिलाउला त ?


बालुवाटार र धुम्बाराहीमा नमिलेको सहमतिलाई  म्यारियटले मिलाउला त ?

निर्मल बाबु लामिछाने / काठमाडौं । बुधबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सम्पन्न भयो। 

पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला करिब ४० दिनपछि पार्टी अध्यक्ष ओली र नेता नेपालबीच नक्सालस्थित होटल मेरिटमा भेटवार्ता भएको हो ।

यसअघि दुई नेताबीच चैत २ गते साविकको पार्टी मुख्यालय धुम्बाराहीमा समूहिक वार्ता भएको थियो। 

त्यतिबेला वार्ताका लागि अध्यक्ष ओलीले नेता नेपाललाई बालुवाटारमा बोलाएपनि जान नमानेपछि धुम्बाराहीमा वार्ता भएको थियो। 

यसैबीच, बालुवाटार र धुम्बाराहीमा वार्ता हुन नसकेपछि नयाँ वार्ताका लागि म्यरियट होटल खोजिएको बुझ्न सकिन्छ। 

एमाले स्रोतका अनुसार नेता नेपालका विश्वासपात्र बनेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट गरेर पार्टी एकताको लागि पहल गरेपछि ओली र नेपालको भेटवार्ता हुने पक्का भएको थियो। 

तर दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको बताइएपनि छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

छलफलमा पहिले महासचिव विष्णु पौडेल ओलीसँगै गएको भए पनि उनी केही बेरमै निस्किएपछि ओली र नेपालबीच वान टु वाट बार्ता भएको थियो ।

नक्सालस्थित होटल म्यरियटमा भएको वार्तालाई लिएर अहिले विभिन्न रानीतिक दलदेखि सर्वसाधारण जनताले समेत अड्कलबाजी गर्दै बालुवाटार र धुम्बाराहीले मिलाउन नसकेको विवाद म्यरियटले मिलाउन सक्छ कि नाई चासोको बिषय बन्न पुगेको देखिन्छ। 

बिहिवार, बैशाख ९ २०७८०९:५०:३३
सम्बन्धित समाचार