Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

योगेश भट्टराईको सक्रियतामा ओली–नेपाल वार्ता, एमाले विभाजन रोकिएला ?

योगेश भट्टराईको सक्रियतामा ओली–नेपाल वार्ता, एमाले विभाजन रोकिएला ?

  • 5.3K
    SHARES

  • योगेश भट्टराईको सक्रियतामा ओली–नेपाल वार्ता, एमाले विभाजन रोकिएला ?

    माधव पौडेल

    काठमाडौं । एमालेका युवानेता योगेश भट्टराई बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको समाचार अनलाइनहरुमा भाइरल भयो । सामाजिक संजालमा योगेश भट्टराईले माधव नेपाल र झलनाथ समूह छाडेर प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको आसयका टिप्पणी गरे । तर एमालेको एकतालाई अक्षुण्ण राख्न निरन्तर प्रयास गर्दैआएका भट्टराई पार्टी अध्यक्ष ओलीसँग पार्टी विभाजन रोक्ने उपायका बारेमा छलफलका लागि गएका थिए । मंगलबार अध्यक्ष ओलीले बरिष्ठ नेता माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधिसकेपछि एमालेको विभाजन रोक्नै नसकिने दिशातर्फ गएको अनुमान सबैले गरेका थिए ।

    कर्णाली प्रदेशका सांसदहरुको फ्लोर क्रसपछि अरु प्रदेश र संघीय सरकारमाथि नै संकट पैदा हुने आँकलन गर्देै अध्यक्ष ओलीले २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । सांसदहरुमाथिको स्पष्टीकरणपछि एमाले विभाजन अवश्यम्भावी रहेको आँकलन सबैले गरिसकेको अवस्थामा योगेश भट्टराईले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच मेरियट वार्ता गराउन सफल भएका छन् । बरिष्ठ नेता नेपालको बालुवाटार नजाने अडानलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली मेरियट वार्तामा आए । यसले एमाले विभाजन टरेको अनुभूति नेता कार्यकर्ता तहमा भएको छ । एकाधलाई छाडेर कार्यकर्ताको ठूलो हिस्सा उत्साहित भएको छ । एमालेजन चाहे ओली निकट हुन् चाहे नेपाल निकट हुन्, सामाजिक संजालमा सबैले वार्ताको स्वागत गरेका छन्, एकताबद्ध एमालेको कामना गरेका छन् ।

    २०५४ मा एमाले–माले विभाजन भएपछि २०५६ मा भएको निर्वाचनमा ४२ सिटमा ५० देखि ५ सय मतले वामपन्थी उम्मेदवार पराजीत हुँदा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको तीतो यथार्थका साक्षी योगेश भट्टराईहरु हुन् । एमाले विभाजन हुँदा सूर्य चिह्न र पार्टीमा स्थानीय तह जितेका जनप्रतिनिधिको ठूलो हिस्सा ओलीतिर रहेकाले उनले केही सिट त जित्लान् तर बहुमत पाउने नेपाली कांग्रेसले हो भन्ने प्रष्ट छ । २०७४ मा ओलीको लोकप्रियता चरमचुलीमा थियो । नाकाबन्दीमा भारतसँग नझुकेको, स्थिरताका लागि नेकपा माओवादीसँग वाम गठबन्धन गरेको र पार्टी एकता नै गर्ने जस्ता एजेन्डा थिए, तर आजका दिनमा ओलीसँग ती एजेन्डा छैनन् । २०७४ मा ओलीसहित झलनाथ खनाल, माधव नेपाल, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम रावल जस्ता हस्तीहरु थिए, तर आज ओलीसँग जनता आकर्षित गर्नसक्ने उनीमात्रै हुन्, उनीबाहेक अरु छैन । उनी सबै ठाउँमा पुग्न सक्ने अवस्था पनि छैन । ओलीबाहेकका जनता आकर्षित गर्ने नेता उनीसँग छैनन् ।  

     माओवादी अलग भइसकेको र तालमेलको संभावना पनि क्षीण छ । यस्तो अवस्थामा एमाले समेत विभाजन हुँदा अबको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत ल्याउनबाट रोक्न सक्ने सामथ्र्य र शक्ति कसैसँग हुनेछैन । प्रधानमन्त्री ओलीसँग अहिले सत्ता छ, सत्तामा हुँदा उनी सबैतिर जयजयकार गर्नेहरुको भीड देख्छन्, तर त्यो जयजयकार गर्ने भीडकै आधारमा निर्वाचन जित्न नसकिने तत्व ज्ञान उनले गर्नुपर्छ । गिरिजाप्रसाद कोइरालाले २०५१ मा यस्तै जयजयकार गर्नेहरुको भीड देखेर सर्वोच्च नेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई देखाउन दुईतिहाई बहुमत ल्याउँछु भनेर निर्वाचनमा जाँदा दोस्रो पार्टी हुनुपरेको थियो ।

    प्रधानमन्त्री ओलीले पनि बचनबहादुर सिंह, ऐन महर र महेश बस्नेतहरुले देखाएको भीडकै आधारमा बहुमत ल्याउँछु भन्दा गिरिजाप्रसादकै नियति बेहोर्ने निश्चित छ । किनकि माधव नेपाल र झलनाथ खनालहरुलाई अपमानपूर्वक पार्टीबाट निकालिरहँदा भोलिका दिनमा ठूलो मूल्य एमालेले चुकाउनुपर्नेछ । त्यो दोषको मुख्य भागिदार इतिहासले पार्टी अध्यक्ष र प्रधानमन्त्री भएका नाताले केपी ओलीलाई नै ठहर्याउनेछ ।

    बुधवार, बैशाख ८ २०७८१०:१०:४४
    सम्बन्धित समाचार