Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

प्रदेश १ मा लोक सेवाले इन्जिनियरिङ सेवाको विज्ञापन खुलायाे

प्रदेश १ मा लोक सेवाले इन्जिनियरिङ सेवाको विज्ञापन खुलायाे

  • 2.8K
    SHARES

  • प्रदेश १ मा लोक सेवाले इन्जिनियरिङ सेवाको विज्ञापन खुलायाे

     काठमाडौं । प्रदेश १ लोक सेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ ।

    सिभिल इन्जिनियर तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो । ८२ जनाका लागि खुलाइएको यो विज्ञापन स्थानीय तहका लागि हो ।

    परीक्षाबाट छनोट भएकाहरुलाई रोजाइ प्राथमिकताक्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने प्रदेश १ लोक सेवा आयोगले जनाएको छ । यसरी सिफारिस भएका उम्मेदवारहरुलाई सम्वन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिने छन् । उनीहरुको सेवाका सर्त र तलब तथा अन्य सुविधान प्रचलित कानून बमोजिम हुने छ ।

    दरखास्त दिने म्याद २०७८ बैशाख १९ गतेसम्म छ । त्यसपछि दोब्बर दस्तुर बुझाएर बैशाख २६ गतेसम्म आवेदन फारम भर्न सकिने छ ।

     

     

    सोमवार, चैत्र ३० २०७७१२:११:३५
    सम्बन्धित समाचार