Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

  • 1.6K
    SHARES

  • कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

    मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ ।

    भोलि चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले आज जनाएको छ ।

    सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताउनुभयो ।

    निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले भोलि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ । दक्षिणकालीकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ ।

    शुक्रवार, चैत्र २७ २०७७०७:४३:२८
    सम्बन्धित समाचार