Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

हेर्नुहोस् आज चैत २६ गते बिहीबारको राशिफल

हेर्नुहोस् आज चैत २६ गते बिहीबारको राशिफल

  • 577
    SHARES

  • हेर्नुहोस् आज चैत २६ गते बिहीबारको राशिफल

    मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ ।

    वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    विद्या र बुद्धिको विकास हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

    मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा

    दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ ।

    कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

    सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे 

    आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ ।

    कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ होला । क्षेत्रमा सफलता मिल्नेछ ।

    तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

    वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

    धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा

    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

    मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

    बिहिवार, चैत्र २६ २०७७०६:५०:०२
    सम्बन्धित समाचार