Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा: प्रभु साह

प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा: प्रभु साह

  • 613
    SHARES

  • प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा:  प्रभु साह

    काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदमलाई निरंकुशताको पराकाष्ठा भनेका छन् ।

    सामाजिक सञ्जालमा प्रचण्डले आफूसहित माओवादी केन्द्र परित्याग गरेका चार निर्वाचित सांसदलाई पदमुक्त गर्ने हिजोको निर्णयलाई लोकतन्त्रकै उपहास भनेका छन् ।

    साहले प्रचण्डले चुनाव जित्नलाई नेकपा एमालेसँग सहकार्य र एकता गरेको समेत उल्लेख गरे । नेकपा अध्यक्षकै हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिले सरकारलाई समर्थन दिइराखेको अवस्थामा निर्वाचित जनप्रतिनिधिमाथि दल त्यागको कानुनी डण्डा चलाउन नैतिकताले नसुहाउने टिप्पणी समेत गरेका छन् ।

    उनले लेखेका छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरु आज फेरि नांगै भएका छन् ।’ 

    बुधवार, चैत्र २५ २०७७१२:२३:२८
    सम्बन्धित समाचार