काठमाडौं । बुधबार विहान बसेको माओवादी संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।
माओवादी संसदीय दलले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि राजिनामा दिनलागिएकाे स्राेतले जानकारी दिएकाे छ ।
स्राेतका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिनेभएका हुन् ।