Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको मतदान सुरु, १३ हजार १२२ सदस्यले मतदान गर्दै

नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको मतदान सुरु, १३ हजार १२२ सदस्यले मतदान गर्दै

  • 1.0K
    SHARES

  • नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको मतदान सुरु, १३ हजार १२२ सदस्यले  मतदान गर्दै

    काठमाडौं । इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत्  नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको छ । 

    देशभरबाट १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

    केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक सुरु भएको मतदानमा अपराह्न चार बजेसम्म मतदान गर्न पाइने छ ।

    देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

    अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

    शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान छ ।

    अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

     केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ-आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् । 

     

     
     

    बुधवार, चैत्र २५ २०७७१०:३१:०६
    सम्बन्धित समाचार