Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

  • 802
    SHARES

  • कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

    काठमाडौं । साइबर ब्युरोले दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जना बालकलाई पक्राउ गरेको छ।

    प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको  हाे ।

    निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

    सोही जाहेरीको आधारमा खटिएको प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो।  

    मंगलवार, चैत्र २४ २०७७०४:१७:५९
    सम्बन्धित समाचार