काठमाडौं । दशरथ रंगशालामा भोलि बुधबार साँझ ५:३० बजे सुरु हुने एएफसी कप २०२१ प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ ।
नतिजा आफूहरुको पक्षमा आउने विश्वास व्यक्त गर्दै उक्त खेलका लागि तयारी राम्रो रहेको स्रोत बताएको छ ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितका लागि खेल्ने बताएका छन् ।
मंगलबार आयोजित प्रि म्याच कन्फ्रेन्समा श्रीलंका पुलिसका प्रशिक्षकले पनि टोलीमा तीनजना विदेशी खेलाडी रहेकाले नजिता राम्रो आउने आशा व्यक्त गरे ।