Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

नेप्से परिसूचकमा वृद्धि

नेप्से परिसूचकमा वृद्धि

  • 1.1K
    SHARES

  • नेप्से परिसूचकमा वृद्धि

    काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ ।

    लगातार दोस्रो दिन बढ्ने क्रममा सोमबार १.१३ अंक अर्थातः शून्य दशमलव ०४ प्रतिशतको वृद्धि भएको छ । यद्यपि आइतबारको तुलनामा कारोबार रकममा भने सोमबार केही गिरावट आएको छ । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेर रोकिएको नेप्से सोमबार २६५८.७८ विन्दुमा पुगेको छ ।

    सोमबार बैंक, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा र लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । व्यापार, होटेल र पर्यटन, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, अन्य र म्यूचअल फण्डका लगानीकर्ताले भने सोमबार कमाएका छन् ।

    सोमबार कुल ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । आज कुल २१२ कम्पनीका ७३ हजार ५ सय ९८ कारोबारबाट १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच भएको छ ।

    सोमबार अपर तामाकोशी, आईएमई जनरल इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

    सोमवार, चैत्र २३ २०७७०४:५९:३५
    सम्बन्धित समाचार