Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

६३ बर्षिया सौतेनी आमा बलात्कार गर्ने २३ बर्षीय छोरालाई जन्मकैद

६३ बर्षिया सौतेनी आमा बलात्कार गर्ने २३ बर्षीय छोरालाई जन्मकैद

  • 1.4K
    SHARES

  • ६३ बर्षिया सौतेनी आमा बलात्कार गर्ने २३ बर्षीय छोरालाई  जन्मकैद

    इलाम। त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

    जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए । 

    विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए ।

    भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो ।

    पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

    बिहिवार, चैत्र १९ २०७७०८:२३:५६
    सम्बन्धित समाचार