Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

सर्वोच्च अदालतमा २ र उच्चमा १८ न्यायाधीश नियुक्ति सिफारिसः सिद्धबाबालाई छाड्ने पनि पुरस्कृत

सर्वोच्च अदालतमा २ र उच्चमा १८ न्यायाधीश नियुक्ति सिफारिसः सिद्धबाबालाई छाड्ने पनि पुरस्कृत

  • 7.8K
    SHARES

  • सर्वोच्च अदालतमा २ र उच्चमा १८ न्यायाधीश नियुक्ति सिफारिसः सिद्धबाबालाई छाड्ने पनि पुरस्कृत

    काठमाडौं । न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतका २ र उच्च अदालतमा रिक्त १८ न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको छ ।

    त्यसैगरी उच्च अदालतमा रिक्त १८ न्यायाधीशहरुमा सरकारी वकिलका तर्फबाट उच्च नारायणप्रसाद पौडेल र कानुन सचिव ऋषि राजभण्डारी नियुक्त भएका छन् । जिल्ला न्यायाधीशबाट जगतनारायाण प्रधान, माधववेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनीप्रसाद पौडेल सिफारिसमा परेका छन् ।

    त्यसैगरी न्याय सेवाको अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाल पनि सिफारिसमा अटाएका छन् । कानुन व्यवसायीवाट फुर्वा तामाङ, श्रीधराकुमारी पुडासैनी, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्य अटाएका छन् ।

    बलात्कारको आरोप लागेका सिद्धबाबालाई सफाइ दिने अर्जुनप्रसाद कोइराला पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । कोइरालालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएकोमा न्यायपरिषदका सदस्य दीपककुमार कार्कीले नोट अफ डिसेन्ट लेखेका छन् । 

    नियुक्ति सिफारिस भएका सर्वोच्च र उच्च अदालतका न्यायाधीश

    शुक्रवार, फाल्गुण २८ २०७७०४:५८:०३
    सम्बन्धित समाचार