Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • दार्चुलामा प्रहरी हबलदारको हत्या गरिएको अवस्थामा शव फेला


    मंगलबार, माघ २७ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलामा नेपाल प्रहरीका एक हबलदारको हत्या भएको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

    हबलदार घर्तीको शव बंगाबगडको एक होटल पछाडि हत्या गरिएको अवस्थामा भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले जानकारी दिए ।

    कुटेर हत्या गरिएको आशङ्कामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । सोधपुछको लागी ४ जना शङ्कितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार