Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ : प्रवक्ता श्रेष्ठ

विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ : प्रवक्ता श्रेष्ठ

  • 1.4K
    SHARES

  • विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ : प्रवक्ता श्रेष्ठ

    काठमाडाैं। निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धित पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ ।

    सर्वाेच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनः स्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ भन्छन्, ‘दलसम्बन्धी विषयमा दर्ता भएको निवेदनमा आयोगबाट अध्ययन, परामर्श भइरहेको छ । यो विषयमा पक्षसँग औपचारिक र अनौपचारिकरुमा छलफल जारी छ ।’

    निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप सर्वाेच्च अदालतको निर्णयबाट हटेपछि समयका हिसाबले केही सहजता भएको बताउँदै उनले आयोग सो विषयलाई छिट्टै नै टुङ्ग्याएर निर्णय र निकास दिने क्रममा रहेको स्पष्ट पारे ।

    सरकारले गत पुस ५ गते आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेसँगै आयोगले आन्तरिक तयारलाई तीव्र तुल्याएको थियो । सर्वाेच्च अदालतको संसद् पुनः स्थापना गर्ने निर्णयसँगै औपचारिक पत्र प्राप्त नभए पनि आयोगले निर्वाचनका सम्पूर्ण क्रियाकलाप रोकिसकेको छ । निर्वाचन सामग्री खरीदका लागि प्रकाशित बोलपत्र पनि आयोगले रद्द गर्ने क्रममा रहेको बताइएको छ ।

    निर्वाचन तयारी क्रममा मतदाता नामावली अद्यावधिक, निर्वाचनस्थल र केन्द्र पुनरावलोकनका काम अन्तिम चरणमा पुुर्‍याएको थियो । ऐनअनुुसार निर्वाचन घोषण भएसँगै स्थगन भएको मतदाता नामावली दर्ता कार्यक्रम पनि अब केही समयपछि नै खुला हुनेछ ।

    शनिवार, फाल्गुण १५ २०७७०३:४०:४१
    सम्बन्धित समाचार