Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

कोरोनाको कारण कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप

कोरोनाको कारण कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप

  • 4.0K
    SHARES

  • कोरोनाको कारण कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप
     
    बगोटा। कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप गरिएको छ । राष्ट्रपति इभान डुकले फेरी सङ्कटकालको म्याद थप्ने निर्णय भएको शुक्रबार जानकारी दिनुभयो । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी सङ्कटकालको अवधि फेरि बढाउनु परेको उहाँको भनाइ छ ।
    कोलम्बियामा झण्डै तीन महिनादेखि स्वास्थ्य सङ्कटकाल लागु भएको हो । “यसअघि लगाइदै आएको स्वास्थ्य सङ्कटकालको अवधि यही फेब्रुअरी २८ मा सकिँदैछ, तर आज नै हामीले त्यसको म्याद पुनः थप्ने निर्णय गरेका छौँ,” डुकले भन्नुभयो । सङ्कटकालको म्याद फेरि थपिएको जानकारी अहिले नै दिनु उपयुक्त लागेको उहाँले बताउनु भयो ।
    स्वास्थ्य मन्त्री फर्नान्डो रुइजसहितको विज्ञ तथा सरोकारवालाहरुको टोलीले गरेको अध्ययन, छलफल र परामर्शका आधारमा सरकारले सङ्कटकाल लम्ब्याउने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभयो । अहिले थप गरिएको सङ्कटकालको अवधि आगामी मे ३१ सम्म कायम रहने राष्ट्रपति डुकुले जानकारी दिनुभयो ।
    कोलम्बियामा पछिल्लो २४ घण्टामा तीन हजार ६८३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने देशभरी अहिलेसम्म कुल २२ लाख ४१ हजार २२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या ५९ हजार ३९६ पुगेको पनि मन्त्रालयको तथ्याङ्क छ । एजेन्सी
     

    शुक्रवार, फाल्गुण १४ २०७७०७:३०:०६

    नेपाल फेस

    सम्बन्धित समाचार