Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

पाँच सयले घट्यो सुनको मूल्य

पाँच सयले घट्यो सुनको मूल्य

  • 3.7K
    SHARES

  • पाँच सयले घट्यो सुनको मूल्य

    काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

    छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो । यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ । 

    शुक्रवार, फाल्गुण १४ २०७७१२:०७:५४
    सम्बन्धित समाचार