Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

चैनपुरको श्रेष्ठ आयलमा आगलागी, एक जना घाइते

चैनपुरको श्रेष्ठ आयलमा आगलागी, एक जना घाइते

नेपाल फेस

११, फाल्गुण २०७७
  • 1.1K
    SHARES

  • चैनपुरको श्रेष्ठ आयलमा आगलागी, एक जना घाइते

    सङ्खुवासभा। चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ ।

    कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । आगलागीका कारण खुल्न सकेको छैन । रासस

    मंगलवार, फाल्गुण ११ २०७७०२:०४:३७

    नेपाल फेस

    सम्बन्धित समाचार