Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

हेटौंँडामा सवारी दुर्घटना , ११ जना घाइते

हेटौंँडामा सवारी दुर्घटना , ११ जना घाइते

नेपाल फेस

११, फाल्गुण २०७७
  • 703
    SHARES

  • हेटौंँडामा सवारी दुर्घटना , ११ जना घाइते

    मकवानपुर। हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौं तर्फ  जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र तिनको सामान्यावस्था छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  छ ।

    मंगलवार, फाल्गुण ११ २०७७१२:२०:१३

    नेपाल फेस

    सम्बन्धित समाचार