Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

तोलामा ११०० ले उकालो लाग्यो सुनको मूल्य

तोलामा ११०० ले उकालो लाग्यो सुनको मूल्य

नेपाल फेस

११, फाल्गुण २०७७
  • 1.3K
    SHARES

  • तोलामा ११०० ले उकालो लाग्यो सुनको मूल्य

    काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

    यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो ।

    चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ । 

    मंगलवार, फाल्गुण ११ २०७७११:५४:३०

    नेपाल फेस

    सम्बन्धित समाचार