Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

प्रधानमन्त्रीले बोलाए अकस्मात् सुरक्षा परिषद बैठक

प्रधानमन्त्रीले बोलाए अकस्मात् सुरक्षा परिषद बैठक

नेपाल फेस

११, फाल्गुण २०७७
  • 1.3K
    SHARES

  • प्रधानमन्त्रीले बोलाए अकस्मात् सुरक्षा परिषद बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बोलाएका छन् । आज बिहान साढे १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । त्यसअघि ९ बजे सुरक्षा परिषदको बैठक डाकिएको छ ।

    रक्षा मन्त्रालयले सुरक्षा परिषदको बैठक नियमित भएको बताएको छ । यद्यपि सर्वोच्च अदालतले बिहीबार प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी फैसला गर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले सुरक्षा परिषद बैठक बोलाएका छन् । 

    राष्ट्रिय विपद र सुरक्षामा खतरा उत्पन्न भएमात्र सेना परिचालन गर्ने निर्णय गर्नुपर्दा मात्र सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । तर त्यस्तो खतरा नभएको अवस्थामा सुरक्षा परिषदको बैठक बोलाइएको छ । सुरक्षा परिषदको अध्यक्ष प्रधानमन्त्री हुन्छन् । सदस्यहरुमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति हुन्छन् ।

    मंगलवार, फाल्गुण ११ २०७७०८:५९:५३
    सम्बन्धित समाचार