Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

ओलीको दोहोरो नीतिः वार्ताको अस्त्र फाल्ने, बाँस्तोलालाई पक्राउ गर्ने ?

ओलीको दोहोरो नीतिः वार्ताको अस्त्र फाल्ने, बाँस्तोलालाई पक्राउ गर्ने ?

नेपाल फेस

१०, फाल्गुण २०७७
  • 2.0K
    SHARES

  • ओलीको दोहोरो नीतिः वार्ताको अस्त्र फाल्ने, बाँस्तोलालाई पक्राउ गर्ने ?

    काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘बिप्लव’ सँग वार्ता गर्ने कुरालाई जोडतोडका साथ उठाउँदैआएको छ । वार्ताका लागि उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने भनिरहेको बेला सो पार्टीका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गरिसकेपछि पुनः पक्राउ गरेको छ । एकातिर वार्ता गर्ने भन्ने अर्कोतिर बाँस्तोलालाई पक्राउ गर्नुले ओलीको नियतप्रति विप्लव माओवादी संशकित भएको छ ।

    सर्वोच्च अदालतले सोमबार बाँस्तोललाई रिहा गर्न आदेश दिइसकेपछि अदालत परिसरबाट निस्कनासाथ प्रहरीले उनलाई पक्राउ गरेको छ ।

    सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले उनलाई रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।

    बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका थिए । काभ्रेमा बाँस्तोलामाथि मुद्दा रहेकाले पक्राउ गरी त्यतै पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए ।

    सोमवार, फाल्गुण १० २०७७०५:४८:२७
    सम्बन्धित समाचार