Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

नेपाल फेस

१०, फाल्गुण २०७७
  • 1.6K
    SHARES

  • कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

    वासिङ्टन  । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ ।

    अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताउनुभएको छ ।

    अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो ।

    एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या पाँच लाख पुगेको छ । अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहनु भएको बताइन्छ । तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ ।

    यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।एजेन्सी 

    सोमवार, फाल्गुण १० २०७७०५:४४:४९

    नेपाल फेस

    सम्बन्धित समाचार