Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

अबैध १० लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक खान पक्राउ

अबैध १० लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक खान पक्राउ

  • 3.2K
    SHARES

  • अबैध १० लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक खान पक्राउ

    बाँके । सशस्त्र प्रहरी र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डले १० लाख रुपैयाँ सहित एक भारतीयलाई पक्राउ गरेका छन् ।

    नेपाली प्रहरीको भन्सार सुरक्षा टोली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं १६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका भारत उत्तरपूर्वी दिल्ली जफ्फारावाद वस्ने वर्ष ५४ का मुनवर खानले बोकी ल्याएको १० लाख रकम बरामद गरेको छ ।

    खानले दुई  वटा झोलाभित्र रहेको भारु २०००।– दरका नोट थान ३, रु ५०० दरको नोट १९८८ गरी जम्मा भारतीय रकम रु १० लाखसहित नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले ती भारतीय नागरिक र उक्त रकमको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । 

    सोमवार, फाल्गुण १० २०७७०३:५७:५६
    सम्बन्धित समाचार