Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

४० लाखलाई खोप, फागुन २३ देखि समुदायलाई

४० लाखलाई खोप, फागुन २३ देखि समुदायलाई

नेपाल फेस

१०, फाल्गुण २०७७
  • 1.4K
    SHARES

  • ४० लाखलाई खोप, फागुन २३ देखि समुदायलाई

    काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोपको १० लाख मात्रा आइतबार काठमाडौं आइपुगेको छ । सरकारले गत बुधबार २० लाख मात्रा खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो खोप आइपुगेको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप फागुन २३ गते सुरु हुने देशव्यापी अभियानमा प्रयोग गरिनेछ । हाल टेकुस्थित कोल्ड रुममा राखिएको खोप आवश्यकताअनुसार प्रदेशमा पठाइनेछ । प्रदेशहरूबाट पालिकाका केन्द्रसम्म पुर्‍याइनेछ ।

    अभियानअन्तर्गत ५५ वर्षमाथिका र प्राथमिकतामा राखिएका खास समूहका गरी करिब ४० लाखभन्दा बढीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । खास समूहमा विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, औषधि पसल र प्रयोगशालामा कार्यरत कर्मचारी छन् ।

    पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा अक्सफोर्ड–अस्ट्रेजेनेकाको खोप आउनेछ । कोभाक्सबाट विभिन्न चरण गरी २० प्रतिशत जनसंख्याका लागि निःशुल्क खोप नेपालले पाउनेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    सोमवार, फाल्गुण १० २०७७०७:०८:४६
    सम्बन्धित समाचार