सर्लाही । मधेस प्रदेशको सर्लाहीमा बर्षौंदेखि चल्दै आएको तस्करी अहिले प्रहरीकै संरक्षणमा खुलेआम सञ्चालन भएको तथ्य बाहिरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्काको नेतृत्वमा तस्करीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय प्रहरी, पासिङ एजेन्ट र तस्करबीच छुट्टै नेटवर्क बनेको प्रहरी स्रोतको दाबी छ ।
जिल्लाका प्रमुख सीमा नाका सखुवबा, फेनहरा, हिरापुर ब्यारेज, बहादुरपुर, मधुवनी गोठ, अर्नाहा र बलरातर्फ भारतबाट दैनिक रूपमा कपडा, सुपारी, सुर्ती, खाद्यान्न, किराना, बीउ, मोबाईल, चिनी, मलदेखि कुखुरासम्म भित्रिन्छ । ती मालवस्तु बरहथवा र वरपरका गोदाममा लगेर जम्मा गरिन्छ र त्यहाँबाट पिकअप तथा ट्रकमार्फत् राजधानी, हेटौंडा र बागमतीसम्म पुर्याइन्छ ।
तस्करीका रुट सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक हवल्दार भाग्यनारायण साहले नाकामा खटिएका असईदेखि स्थानीय एजेन्टसम्मको सम्पूर्ण सेटिङ मिलाइरहेका स्रोतहरूले बताएका छन् ।
नाका पार गर्ने गाडी, भन्सारछलीका सामान, रकम संकलन र बितरण सबै साहकै समन्वयमा चल्ने गरेको बताइन्छ । शाहलाई एसपी स्तरबाट यस्तो गतिविधिमा पूर्ण संरक्षण मिलेको प्रहरीभित्रै चर्चा छ ।
सर्लाहीमा कपडा, किराना र खाद्यान्न तस्करीमा हिरालाल साह, इन्दु सहनी, रामेश्वर साह, करन्जित बैठाव, अमामुल, सुरेश यादव, प्रमोद यादव, बृज यादव, मुकेश शाह, बिनोद शाह, सुरेन्द्र यादव, रौसन यादव, कन्हाई पण्डित र रसिया यादव सक्रिय छन् । नवीन चौधरी ‘मुना’ कपडा, बीउ, मकै र काठपलाइमा संलग्न छन् । राजेश ठाकुर भारतबाट मकै, पटाका, बीउ ल्याएर नेपालतर्फबाट स्याउ उता पठाउने गर्छन् ।
यसबाहेक कवाड कारोबारमा विजय यादव, कपडामा सखुवबा नाकाका विजय पुकार, त्यही नाकाबाट कवाड, धान र गहुँ तस्करी गर्ने कृष्ण यादव, मोबाइल र बीउमा धर्मेन्द्र महतो, चिनी खादमा गैरको दिनेश महतो, धानमा अजय शाह, कुखुरा तस्करीमा भाड्सर–खुटौना नाकाका दिपक कलवार चौधरी सक्रिय देखिन्छन् ।
नवलपुर क्षेत्रमा किराना तस्करीमा सुबोध चौधरी संलग्न छन् । फेनहरा नाकामा खटिएका प्रहरी असईलाई नियमित रकम बुझाउने व्यक्तिको रूपमा बरहथवाका राजेश महतोको नामसमेत खुलेको छ ।
तस्करीमा संलग्न व्यक्तिहरू, नाका, रुट, गाडी, प्रहरी संलग्नता सबै सार्वजनिक जानकारीजस्तै खुला भइसके पनि जिल्ला प्रशासन, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले कुनै कदम चाल्न सकेको छैन । प्रहरीकै प्रत्यक्ष निगरानीमा तस्करी चलिरहेकाले स्थानीयबासीले सर्लाहीलाई ‘खुलेको नाका’जस्तै अवस्था भएको टिप्पणी गरेका छन् ।
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
काठमाडौं । आक्रामक व्यापार विस्तार गरेर अगाडि बढेको एनआइसी एशिया बैंक पछिल्ला दिनमा संकटतर्फ उन्मुख छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend