Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

अधिकांश बलात्कार परिवार र चिनजानबाटै

अधिकांश बलात्कार परिवार र चिनजानबाटै

नेपाल फेस

१०, फाल्गुण २०७७
  • 964
    SHARES

  • अधिकांश बलात्कार परिवार र चिनजानबाटै

    काठमाडौं । २०७४–७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटामा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३  सय ८४ वटामा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए । 
    ०७५–७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार ७३ वटामा चिनेजानेकै र ५ सय ३२ वटा बाहिरका व्यक्तिको संलग्नता भेटियो ।

    ०७६–७७ मा २ हजार ४ सय ४९ वटा घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटामा चिनजानकै व्यक्तिको संलग्नता पाइयो । बाँकी घटना चिनजान नभएका व्यक्तिले गराएको प्रवक्ता कुँवरको भनाइ छ ।

    चालु वर्षको पुससम्म १ हजार ४ सय २७ वटा घटना प्रहरीमा दर्ता भएका छन् । यी घटनामा पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार यो तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजानेकै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका छन् ।

    हाडनाताभित्र पर्ने हजुरबुबा, बुबारझड्केलो बुबा, ससुरा, काका, मामा, ठूलोबुवा, ठूलोबुवाका छोरा, मामाका छोरा, देवर, जेठाजु, श्रीमान्, भदासम्म बलात्कारमा संलग्न रहेको देखिन्छ । त्यसैगरी घरमालिक, केटासाथी, छिमेकी, भिनाजु, शिक्षक पनि संलग्न देखिन्छन् ।

    त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङ नैतिक शिक्षा अभावका कारण हाडनाता करणीका घटना बढ्दै गएको बताउँछन् । ‘पहिला मानिसमा नैतिक चेतना हुनुर्पयो । यो काम ठीक र यो काम बेठीक भनेर छुट्याउन नसक्ने कोही पनि सामाजिक प्राणी हुनै सक्दैन’, विभाग प्रमुख चेम्जोङ भन्छन्, ‘मानिसहरू विलासितामा रमाउँदै गर्दा उसमा नैतिक चेतनाको ह्रास पैदा हुन थाल्यो । जसले राम्रा र नराम्रा काम छुट्याउनै सकेन ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    सोमवार, फाल्गुण १० २०७७०६:५८:३३
    सम्बन्धित समाचार