Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

भक्तपुरको सल्लाघारीबाट लागूऔषधसहित भारतीय पक्राउ

भक्तपुरको सल्लाघारीबाट लागूऔषधसहित भारतीय पक्राउ

नेपाल फेस

९, फाल्गुण २०७७
  • 1.5K
    SHARES

  • भक्तपुरको सल्लाघारीबाट लागूऔषधसहित भारतीय पक्राउ

    भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमार हुन् ।  

     चमारलाई लागूऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् । प्रहरीले चमारका साथबाट अवैध  डाइजोपाम ३००, नोर्फिन ३०० र फेनेरागन ३०० थान बरामद गरेको जनाइएको छ । 

    आइतवार, फाल्गुण ९ २०७७०५:२०:२९

    नेपाल फेस

    सम्बन्धित समाचार