Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

हत्या भएकाे १७औं दिनपछि भागरथीको अन्त्येष्टि गरिँदै

हत्या भएकाे १७औं दिनपछि भागरथीको अन्त्येष्टि गरिँदै

नेपाल फेस

७, फाल्गुण २०७७
  • 2.2K
    SHARES

  • हत्या भएकाे १७औं दिनपछि भागरथीको अन्त्येष्टि गरिँदै

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज अन्तिम संस्कार गरिँदै छ ।

    बलात्कारपछि हत्या भएको १७ औं दिनमा भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको हाे । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ ।

    घरपरिवारका सदस्यहरुले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन् । प्रहरीले बुधबार चडेपानीकै एक किशाेरलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।

    आरोपित किशाेरले पनि भागरथीका अभिभावकसामु आफूले नै हत्या गरेको स्वीकार गरेपछि भागरथीको परिवार दाहसंस्कार गर्न सहमत भएका हुन् ।

    शुक्रवार, फाल्गुण ७ २०७७१०:५६:५६
    सम्बन्धित समाचार